नारायणगढ-मुग्लिन सडक अन्तर्गत जलबिरेमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था गम्भीर

दियोपोस्ट संवाददाता

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा आज बिहान दुईवटा बस र एउटा ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बसले सोही दिशातर्फ अघि बढिरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको अर्को बससँग ठक्कर खाएको थियो। दुर्घटनापछि तीनवटै सवारीमा सवार यात्रुहरू घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाका कारण केही समय सडक अवरुद्ध भए पनि सवारीसाधन हटाइएपछि यातायात सञ्चालन पुनः सामान्य भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस