
काठमाडौँ । रुकुमपूर्व केन्द्रविन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा कोल क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका विभिन्न जिल्लामा पनि महसुस गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षति भएको कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।