पीएसजीका मिडफिल्डर राबोट युभेन्ट्समा

दियोपोस्ट संवाददाता

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका मिडफिल्डर एड्रियन राबोट युभेन्ट्स आउने भएका छन् । युभेन्ट्सले चाँडै राबोटसंगको अनुबन्धन सम्झौताले पुर्णता पाउने बताएको छ ।

२४ बर्षका मिडफिल्डरको पीएसजीसंगको सम्झौता जुन ३० मा सकिएको थियो । पीएसजीका प्रशिक्षक थोमस टुचेलले समेत राबोटको सम्झौता नविकरणमा अनिच्छा देखाएका थिए । उनी आफै समेत पेरिस बसाई टुङ्ग्याउन चाहन्थे ।

सन् २०१८ को विश्वकपमा राबोट फ्रान्सेली टिममा स्थान बनाउन असफल भएका थिए । तर शनिबार ईटालियन च्याम्पियनले राबोट टुरिन आउने निश्चित भएको जनाएको हो । उनी नयाँ सिजन युभेन्ट्स आउने दोस्रो खेलाडी हुन् । वेल्सका मिडफिल्डर आरोन राम्सीपछि उनी युभेन्ट्स आएका हुन् । एजेन्सी

सम्बन्धित खबर

सिफारिस