श्रीलंकाद्धारा वेस्ट इण्डिज सामु ३ सय ३९ रनको लक्ष्य प्रस्तुत

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १६ । इंग्ल्याण्डमा जारि आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सोमबारको खेलमा श्रीलंकाले वेस्ट इण्डिजसामु ३ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको हो ।

श्रीलंकाकोे लागि अभिश्का फर्नान्डोले व्यक्तिगत शतक पुरा गर्दै १ सय ४ रन बनाए । प्रतियोगितामा निकै डटेर ब्याटिङ गरेका फर्नान्डोले १ सय ३ बलमा ९ चौका र २ छक्का हिर्काए । त्यस्तै कुशल करेराले अर्धशतक पार गर्दै ६४ रन बनाए । लाहिरु थिरिमान्ने अविजित ४५ रन बनाउँदा कुशल मेण्डिसले ३९ रन बनाए । कप्तान दिमुथ करुनारन्ते र एन्जेलो मेथ्यूले क्रमश ३२ र २६ रन बनाए ।

वेस्टइण्डिजका लागि जेशन होल्डरले २ विकेट लिँदा फाबियन एलियन, ओटाने थोमस र सेल्डन कोल्ट्रेलले एक एक विकेट हात पारे ।

सम्बन्धित खबर

सिफारिस