
काठमाडौँ,असार २१ । मलेसिया रोजगारीका लागि ९९ वटा स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउन योग्य भएका छन् ।
अनुगमनका क्रममा मलेसिया रोजगारीका लागि इच्छुक दुई सय ९० मध्ये ९९ योग्य देखिएका हुन् । यसअघि ३७ वटा संस्थाले मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए ।
सुनापति पोलिक्लिनिक एण्ड हेल्थ सेन्टर प्रालिसँगै इच्छुक १ सय ३८ स्वास्थ्य संस्था मलेसिया रोजगारीका लागि अयोग्य भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिएका छन् । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर छनोटमा परेका संस्थाको सूचना पनि प्रकाशित गरेको छ ।