सुमित पाठकको पहिलो गीत ‘समाचार’ सार्वजनिक

दियो पोस्ट  

काठमाडौँ,असार २१ । नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकले आफ्नो पहिलो गीत ‘समाचार सार्वजनिक गरेका छन् ।

काली प्रसाद बास्कोटाको शब्द र सङ्गीत रहेको गीतको भिडियो बिहीबार जी २१ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको भिडियोमा शिक्षा सङ्ग्रौला फिचर्ड छिन् भने साथमा सुमितको पनि उपस्थिति रहेको छ । भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने असीम शाह कृएटिभ डिरेक्टर हुन् । यस अघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् जसबाट उनलाई दर्शकको धेरै माया मिलिरहेको छ ।

जी २१ डिजिटलको प्रस्तुति यस गीतसँगै सुमित एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन् । जी २१ आफैमा एउटा स्थापित कम्पनी रहेको र आफूलाई राम्रो गाइडेन्स मिल्ने, यसबाट अझै राम्रो काम गर्न सहज हुने भएकाले आफू आबद्ध भएको सुमितले बताएका छन् ।

साथमा जी २१ ले पनि राम्रो कलाकारलाई बाहिर ल्याउन साथ दिनुपर्ने र आगामी दिनमा पनि यसै गरी साथ र सहयोग गर्ने लक्ष्यका साथ सुमितसँग सहकार्य गरेको जानकारी दिएको छ ।

भिडियो:-