सर्लाहीमा बेवारिसे पुरुषको शव फेला

दियो पोस्ट  

काठमाडौँ, असार २३ । सर्लाहीको फूलजोर चोकमा सोमबार एक बेवारिसे पुरुषको शव फेला परेको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोक क्षेत्रमा मागेर खाँदै हिँड्ने तराईमूलको जस्तो देखिने अन्दाजी ३८÷४० वर्षका पुरुष मृत फेला परेका हुन्।

परिचय नखुलेको मृतकको मृत्युको कारण खुलेको छैन। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको सर्लाही प्रहरीले जनाएको छ।