काठमाडौं,असार २६ । काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट रु १५ लाख ३० हजार बराबरको धनमाल चोरी भएको छ ।
रातको समयमा चोरी भएको भए पनि आज बिहान मात्रै घटनाबारे थाहा भएको थियो ।
ताला फोडेर भित्र पसेका अज्ञात व्यक्तिले सिसी क्यामरासमेत तोडमोड गरी चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
चोरीमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको र उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस