रेफ्रिसंग अभद्र व्यवहार गरेपछि ज्यासन रोय आइसीसीको कारवाहीमा

दियो पोस्ट  

काठमाडौँ, असार २७ । आइसीसीले इंग्ल्याण्डका ब्याट्सम्यान ज्यासन रोयलाई कारवाही गरेको छ । बिहीबार अस्ट्रेलियाविरुद्धको दोस्रो सेमिफाइनल खेलमा रेफ्रिसंग अभद्र व्यवहार गरेको भन्दै आइसीसीले उनलाई कारवाही गरेको हो ।

हिजोको खेलमा ज्यासनले व्यक्तिगत ८५ रनको योगदान गर्दै अस्ट्रेलियामाथि सहज जित निकाल्नको लागि महत्वपुर्ण योगदान गरेका थिए । अस्ट्रेलियाका बलर पाट कमिन्सको बलमा आउट भएपछि उनले रेफ्रिसंग असन्तुष्टि पोखेका थिए । आइसीसीले खेलको नियम उल्लंघन गरेको भन्दै ज्यासनलाई म्याच फिको ३० प्रतिशत जरिवाना र २ डिमेरिट अंक दिइएको छ ।