नेपालका शिक्षालयहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुु हुँदैन- उपप्रधानमन्त्री पोखरेल

दियो पोस्ट  

काठमाडौँ । उप-प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपालको शिक्षा प्रणालीमा सुधार हुनु पर्ने बताएका छन् । २०६ औँ भानुभक्त दिवस तथा भानुभक्त मेमोरियल विद्यालयको ५४ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै उप-प्रधानमन्त्री पोखरेलले नेपालका बिद्यालयहरुले शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाको आरोप खेपिरहेको र यसबाट मुक्त हुनका लागि शिक्षालाई पूर्ण रुपमा ब्यवहारिक र ब्यवसायिक बनाउनु पर्ने बताए ।


मन्त्री पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ राष्ट्रिय आकांक्षा र जनाताको एजेण्डा भएकाले सबै विद्यालयले यही अभियानलाई साथ दिनु पर्ने उल्लेख गरे । उनले भने, “देशभक्त नागरिकहरु एकजुट भई राष्ट्रिय अभियानलाई साथ दिनु पर्छ।” सरकारको अनुदान बिना नै भनुभक्त मेमोरियल विद्यालयले ५४ वर्षसम्म देशमा शिक्षित नागरिक उत्पादन गरेकोे भन्दै मन्त्री पोखरेलले विद्यालयको प्रशंसा गरे ।


विद्यालयले अभिभावको मन जित्न सफल भएको प्रसंग उल्लेख गर्दै उनले साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका आदिकवि भानुभक्त आचार्यको नामबाट स्कुल खोलिनु अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक कार्य भएको बताए । उनले भने, “ऐतिहासिक महत्व बोकेको यस स्कुलले देशको महत्वपूर्ण अंग बनेर राष्ट्रिय अभियानलाई साथ दिनेछ ।” उनले यो विद्यालयलाई अगाडि बढाउन आफुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।


कार्यक्रमा बोल्दै विद्यालयका प्रधानध्यापक बम बहादुर मोक्तानले विद्यालयले ५४ औँ वार्षिक उत्सव मनाउनु गौरवको बिषय भएको बताए । सम्पूर्ण अभिभावक र कर्मचारीको मेहनतका कारण विद्यालयले सफलता प्राप्त गरेको प्रसंग उल्लेख गर्दै प्रधानध्यापक मोक्तानले सरकारले पनि विद्यालयको बिकासका लागि पहल गर्नु पर्ने बताए । उनले विद्यालयको प्रगतिमा सबैले योगदान पुर्याउनु पर्ने पर्ने प्रसंग उल्लेख गरे ।


कार्यक्रममा उत्कृष्ट बिद्यार्थी पुरस्कार, उत्कृष्ट खेलाडि पुरस्कारका साथै २५ वर्ष सेवा अवधी पुरा गरेका चार जना कर्मचारीलाई सम्मान गरिएको थियो ।