सद्दे गाडी थन्क्याएर संसदीय समितिका सभापतीलाई ११ करोडको नयाँ गाडी

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १ । संघीय संसदअन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको छ ।

पहिलो लटमा चार समितिका सभापतिलाई गाडी उपलब्ध गराइसकिएको छ । दोस्रो लटमा ११ सभापतीलाई गाडी उपलब्ध गराउन तयारी छ । संसद सचिवालयले केही दिनभित्रै दोस्रो लटमा ११ सभापतीलाई गाडी उपलब्ध गराउने जनाइएको छ । सचिवालयलये ६ करोड १६ लाख खर्चेर ११ वटा स्करर्पियो गाडी खरिद गरिसकेको छ ।

सचिवालयलृ थोत्रा भन्दै थन्काएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कायैलयले लगेर स्थानिय तहमा पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले संसद सचिवालयले थन्क्याएर राखेको तीनवटा स्कारपियो, ६ वटा कार, दुइवटा टाटासुमो र एउटा बस लगेको हो । इश्वरी सुवेदीले नागरिक दैनिकका लागि समाचार लेखेकी छिन् ।

सम्बन्धित खबर

सिफारिस