अन्नपूर्ण मिडियाबाट ठगिएको भन्दै कार्यक्रममा पुगेका पीडित शिव वास्तोला उल्टै प्रहरी नियन्त्रणमा !

दियो पोस्ट  

काठमाडौं, ३ साउन । आफूलाई ठगी गरेको भन्दै अन्नपूर्ण मिडिया नेटवर्कको कार्यक्रममा पुगेका पीडित शिव प्रसाद वास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।


आफूलाई अन्नपूर्ण मिडियाका मालिक रामेश्वर थापाले ५ करोड २५ लाख रुपैयाँ ठगी गरेको भन्दै पीडित वास्तोला थापा आउनसक्ने सुचना पाएर पोखरा स्थित होटल स्नोल्यान्डमा पुगेका थिए ।

त्यहाँ पुगेका उनले आफ्नो पैसा फिर्ता दिनुपर्ने भन्दै प्रधानसम्पादक हरि बहादुर थापालाई भेटेका थिए । तर, थापाले केही बेरमै प्रहरी बोलाएर पक्राउ गराएको पीडित बास्तोलाले बताए ।


उनलाई पोखरा महानगरपालिका वडा नम्बर ६ वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

यता वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरिक्षक कोमल शाहले कार्यक्रममा आफ्नो कुरा राखेका कारण केही कुरा बुझ्न प्रहरी कार्यालय ल्याएको स्विकार गरे ।


‘उहाँले डिस्टर्व गर्नु भयो भन्ने रिपोर्ट आएपछि सामान्य रुपमा बुझ्न ल्याएका हौँ । उहाँको पारिवारिक कुरा रहेछ । उहाँ जानु भइसक्यो,’ डिएसपी शाहले भने ।


पीडित बास्तोलालाई शक्तिको दुरुपयोग गर्दै पक्राउ गरिएको बताइएको छ ।

मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !

मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !

विवादमा रामेश्वर थापा : साढे २ करोडको ‘डिल’ नमिलेपछि जब अन्नपूर्ण पोस्टमा विज्ञप्ति छापियो (अडियोसहित)