एजेन्सी । भारतको बान्द्रास्थित एमटिएनएल नाम गरिएको भवनमा आगलागी भएको छ । नौ तले अग्लो सो भवनको चौथो र पाँचौ तलामा आगलागी भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
भवनमा एक्कासी आगो लाग्दा त्यहाँ भित्र धेरै संख्यामा मानिसहरु फसेको अनुमान लगाइएको छ । भवन भित्र फसेका मानिसहरुका उद्धारको प्रयास भइरहेको छ । करिब सय जनाभन्दा धेरै संख्यामा मानिसहरु फसेको अनुमान लगाइएकोमा ६० जनालाई सुरक्षित रुपमा भवनबाट बाहिर निकालिसकिएको बीबीसीले जनाएको छ ।
मुम्वइको अग्नि नियन्त्रण विभागले आगो निभाउनका लागि रोबोटसहितको दमकल प्रयोग गरेको थियो । अग्नि नियन्त्रण विभागलाई अपराह्न ३ः३० बजे नै उक्त भवनमा आगलागी भएको सुचना पुगेकोे थियो । सुचना पाएलगत्तै पुगेको रोबटसहितको दमकल परिचालन गरि करिब ३ घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको संचारमाध्यमहरुले जनाएका छन् ।