
कास्की,साउन १० । पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको गएपछि हस्पिटल परिसरमा तनाव सिर्जना भएको छ ।
पोखरा १४ चाउथे बस्दै आएकी ३२ वर्षीया निशाकुमारी थापा (गीता)लाई सुत्केरी भईसकेपछी अत्याधिक रक्तश्रावका कारण शुक्रबार बिहान ४ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
आफन्तले भने अस्पतालको लापरवाहीको कारण नैै सुत्केरीको ज्यान गएको आरोप लगाएको छ ।
सुत्केरीको रक्तश्राव भइरहेको जानकारी हुँदाहुँदै उपचारमा संलग्न डाक्टर र नर्सले लापरवाही गरेकाले ज्यान गएको निशालाई हेरचाह गर्न आएकी उनकी बहिनी तारा थापा मगरले बताए ।
अस्पताल र उपचारमा संलग्न चिकित्सकले गल्ती स्वीकार गरी उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने पीडित पक्षको माग छ ।
अस्पतालमा बिहीबार बिहान ८ बजे पुगेकी उनले साँझ पौने ८ बजेतिर सामान्य रुपमा नै बच्चा(छोरा) जन्माएकी थिइन् । निशाले नियमित रुपमै अस्पताल गएर गर्भ परीक्षण गराउँदै आएकी थिइन् । बच्चाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. छममाया पुनको टोलीले थापाको उपचार गराएको थियो । सुत्केरीलाई बचाउन भरमग्दुर प्रयास गर्दा पनि ज्यान गएको उपचारमा संलग्न डा पुनले बताए । आन्दोलनरत पक्ष र अस्पताल प्रशासनको रोहवरमा शुक्रबार भएको सामान्य छलफलमा रक्तश्राव निरन्तर भइरहेपछि अन्तिम विकल्पको रुपमा अप्रेसनका लागि सल्लाह गरी प्रक्रिया अघि बढेको उनले बताएका छन् ।
भित्र आन्दोलनरत पक्ष र अस्पताल प्रशासनको बिच छलफल भईरहदा बाहिर भने चर्को नाराबाजी चलिरहेको थियो । पिडित पक्षको माग सुनुवाई नभएपछी प्रशासनमा ताला लगाउन प्रशासन पक्षका लाई बाहिर निकाल्ने क्रममा पिडितले पक्षले हातपात गर्न लागेपछी प्रहरीले लाठ्ठी चार्ज गरेको थियो । अस्पताल परिसरमा आन्दोलनरत पक्ष र प्रहरी बिच केही समय झडप नै भएको थियोे ।
झडपमा परी ४ जना प्रहरी र ४ जना पिडित पक्ष घाईते भएका छन् । पिडित पक्षका शोभाखर पौडेल, विष्णु गुरुङ, नर बहादुर थापा र रमेश थापा घाईते भएका छन् भने प्रहरी तर्फका भिम बहादुर पाण्डे, गणेश बहादुर विष्ट, रुपा परियार र डोलराज नेपाली घाईते भएका छन् । उनिहरुको सोही अस्पतालमा उपचार भईरहेको छ । झडपमा संलग्न भएको आरोपमा राजु थापा, अनिल थापा र रामु गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।