काठमाडौँ, साउन १० । सामान्य घरायसी झगडामा श्रीमानमाथि दाउ प्रहार भएको छ । पोखरा महानगरपालिका–१६ गोष्टस्थित शिवालयमा ठाँटी समाजको घरमा बस्दै आएकी सिता परियारले आफ्नो ५० बर्षिय श्रीमान सुकराम परियारलाई दाउले हानेर घाइते बनाएकी छिन् ।
गम्भिर घाइते भएका सुकरामको उपचार गरि घर ल्याएर राखेको एक दिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । श्रीमतीले बुधबार उनिमाथि दाउ प्रहार गरेकी थिइन भने विहीबार उनको मृत्यु भएको हो ।
श्रीमानमाथि दाउ प्रहार गर्ने सितालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।