बेल अब चीनियाँ क्लबमा

दियो पोस्ट  

काठमाडौं । ग्यारेथ बेलले रियल मड्रिड छाड्ने तयारी गरेका छन् । उनी चीनियाँ क्लब जियाङ्सु सुनिङमा तीन बर्षका लागि अनुबन्धित हुन लागेका हुन् । वेल्सका कीर्तिमानी गोलकर्ता स्पेन छाडेर चीन जाने बिषयको अन्तिम टुङ्गो लागेको छैन । तर बेल चीनियाँ क्लबसंग अनुबन्धनको निकै नजिक रहेको बताईएको छ ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले ३० बर्षिया फरवार्डले क्लब छाड्न लागेको बताएका थिए । प्रि–सिजन टूरमा बार्यन म्युनिखसंग ३–१ ले पराजित भएपछि बेलले निकै चाँडै क्लब छाड्ने जानकारी जिदानले गराएका थिए । बेलको बहिर्गमनको बिषयमा जिदानले भनेका थिए, ‘यो सबैका लागि राम्रो हो ।’चीनमा बेलले हप्ताको करिब एक मिलियन पाउण्ड प्राप्त गर्ने बताईएको छ ।

बेल बेन्चबाट आउदै गोल गरेपछि पछिल्लो खेलमा रियल मड्रिडले आर्सनललाई ईन्टरनेस्नल च्याम्पियन्स कपमा २–२ गोलको बराबरी खेलेको थियो । तर फ्रान्सेली प्रशिक्षक जिदानले बेलले गोल गरेपनि निर्णयमा कुनै फेरबदल नहुने बताएका थिए । उनले सम्भवत बेलका लागि त्यो नै अन्तिम खेल हुन सक्ने बताएका थिए ।

बेल सन् २०१३ मा कीर्तिमानी ८५ मिलियन पाउण्डमा टोटेनहमबाट रियल मड्रिड आएका थिए ।रियलसंग उनको सम्झाता अझै तीन बर्ष बाँकीनै छ ।

Real Madrid boss Zinedine Zidane (r) claimed forward Gareth Bale (l) was close to leaving the club over the weekend

उनले रियलमा रहदाँ चार च्याम्पियन्स लिग, एक ला लिगा, कोपा डेल रे, तीन युईएफए सुपर कप र तीन क्लब विश्वकप जितेका छन् । बेलले तीन गोल र पेनाल्टी सुटआउट गरि चार च्याम्पियन्स लिगको फाईनलमा गोल गरेका छन् । रियलले सन् २०१४, २०१६, २०१७ र २०१८ मा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।

तर चोटका कारण पछिल्ला चार सिजन बेल ७९ खेलमा सुरुवाती सेटमा रहेर मैदान उत्रेका थिए । उनले गत सिजन ४२ खेल रियल मड्रिडबाट खेलेका थिए ।रियलमा जिदानको आगमनसंगै धेरैले बेलको भविष्य अनिश्चित हुने बताएका थिए । बेलका एजेण्ट जोनाथन बर्नेटले जिदान रियल फर्कने समाचार निकै दुखद रहेको बताएका थिए । उनले जिदानले बेलसंग मिलेर काम गर्न नचाहेको उल्लेख गरेका थिए । उनले बेलको खेल्ने शैलीबाट जिदान असन्तुष्ट रहेको सार्वजनीक रुपमै बोलेका थिए ।

Gareth Bale scored a stunning overhead kick vs Liverpool in the 2018 Champions League final

बेल पछिल्लो सिजन मैदान बाहिरै रहेर रहे । रियलले पछिल्लो २० बर्षमा घरेलु लिगमा खराब नतिजा आत्मसाथ ग¥यो । उसले १२ हार ब्यहोर्दै ६८ अंक संकलन ग¥यो । र लिगको तेस्रो स्थानमा रह्यो । एक हिसावमा शीर्ष स्थानको लिग विजेता बार्सिलोना भन्दा १९ अंकले पछाडी रह्यो । रियल च्याम्पियन्स लिगमा समेत अन्तिम १६ को खेलमा आयाक्ससंग पराजित हुन पुगेको थियो ।

द गल्फरको रुपमा समेत क्लबमा चिनिने बेल १६ बर्षको उमेरमा सन् २००७ मा टोटेनहम आएका थिए । उनले ६ सिजन टोटेनहममा बिताएर रियल आएका थिए । सो समय समेत म्यानचेष्टर युनाईटेड र जर्मन च्याम्पियन बार्यन म्युनिखले बेलमाथि आँखा लगाएका थिए । पछिल्लो समय प्रिमियर लिगका स्टार खेलाडीको प्रमुख गन्तव्य बनेको चीनियाँ फुटबलमा बेल समेत जोडिन आईपुगेका छन् ।

सिफारिस