धादिङ, साउन ११ । बेल्खु खोेलाबाट अवैध रुपमा गिटी बालुवा तस्कर गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विहान ४ बजे बेल्खु खोलामा स्काभेटर प्रयोग गरि बालुवा निकाल्दै गरेको अवस्थामा नुवाकोट विदुर नगरपालिका–१० घर भएका ज्ञान काजी थापालाई पक्राउ गरिएको हो ।
अवैध रुपमा वालुवाको उत्खनन् भइरहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यलय गजुरीबाट खटिएको टोलीले बालुवा निकाल्न प्रयोग गरेको स्काभेटर सहित नियन्त्रणमा लिएको हो । स्काभेटरको चावि जिल्ला समन्वय धादिङमा पठाइएको छ ।
तस्कर गर्ने थापालाई पनि हिरासतमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।