काठमाडौँ, साउन १२ । सिंगापुरविरुद्धको खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याइहेको नेपालले कप्तान पारस खड्कालाई तेस्रो ओभरमै गुमाएको छ । निकै आक्रमक ब्याटिङ गरेका पारस तेस्रो ओभरको पहिलो बलमै आउट भएका हुन् ।
निकै नै राम्रो साझेदारी गरिरहेका कप्तान पारस खड्का व्यक्तिगत १२ रन बनाउँदै पवेलियन फर्केका हुन् । १० बल खेलेका पारसले १ चौका र १ छक्का प्रहार गरे । उनलाई अमजाद महबुबको बलिङमा चन्द्रमोहनले क्याच आउट गरेका हुन् ।
पारसको आउटमा नेपाली टोली दवाबमा परेको छ । उपकप्तान ज्ञानेन्द्र मल्लले निकै उत्कृष्ठ ब्याटिङ गरिरहेको भएपनि पारस खड्का छोटो अवधिमा आउट हुँदा नेपाललाई क्षति पुगेको छ । नेपालका तर्फबाट करन केसी, विनोद भण्डारी, रोहीत कुमार पौडेल, शरद भेश्वाकर लगायतका उत्कृष्ठ ब्याट्सम्यानहरु बाँकी नै छन् तर निकै फराकिलो लक्ष्य भएको कारण नेपाली टोली दवाबमा खेलिरहेको छ ।