प्रमाण नपुगेपछि नेइमार विरुद्ध लागेको बलात्कारको आरोप अपुष्ट

दियो पोस्ट  

काठमाडौँ, साउन १३ । ब्राजिलियन स्टार नइमारविरुद्ध लागेको बलात्कारको आरोप अपुष्ट भएको छ । उनिविरुद्ध लागको बलात्कारको आरोप अनुसन्धान गरिरहेको प्रहरीले कुनैपनि प्रमाणहरु नभएको भन्दै अनुसन्धान स्थागित गरेका छन् ।

प्रहरीले अनुसन्धान बन्द गरेको भएपनि यसमा अन्तिम निर्णय हुन भने बाँकी रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

ब्राजिलियन मोडल नाजिला ट्रिनडेडले गएको मे महिनामा नेमारले फ्रान्स पेरिसको एक होटलमा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । जसमा नेमारले आफूले त्यस्तो काम नगरेको र फसाउन खोजेको बताउँदै आएका थिए ।