काठमाडौं,साउन १४। भारतमा आगामी अगष्टमा आयोजना हुने यू-१५ पुरुष साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेल घरेलु टोली भारतसँग खेल्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी भारत परेको हो ।
नेपाल र भारतबीचको खेल अगष्ट २१ मा कल्याणी रंगशालामा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अगष्ट २३, तेस्रो खेलमा बंगलादेशसँग अगष्ट २७ र अन्तिम खेलमा भुटानसँग अगष्ट २९ मा खेल्नेछन् । गत संस्करणको प्रतियोगिता नेपालले आयोजना गरेको थियो । बंगलादेशले उपाधि जितेको उक्त प्रतियोगितामा नेपाल चौंथो भएको हो ।