११ लाख हिनामिना गर्ने जनकपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा

दियो पोस्ट  


काठमाडौँ, साउन १४ । जनकपुरको जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन प्रसाद सुवेदी सहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

उनीहरुहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७४÷७५ मा विद्युतीय सामग्री खरिद गर्दा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीसहितले सत्या इन्टरप्राइजेजका प्रोपाईटर मनिष कुमार मिश्रसँग मिलेर ११ लाख ४५ हजार ४ सय ११ रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत एवं सचिव सुवेदी र ईन्टरपाईजेजका प्रोपाईटर मिश्रसहित अख्तियारले उपमहानगरपालिकाका उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी र नायव सुव्बा अव्दुल जव्वार विरुद्द भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।