काठमाडौँ, साउन १४ । अवैध गाँजासहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन् । अवैध रुपमा गाँजाको ओसार पसार गरिरहेका अवस्थामा बीरगंज नगरपालिका वडा नम्बर २५ को बहुअरी चोकबाट भारतीय नागरीक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत मोतिहारी फुलबारिया बस्ने ३२ बर्षिय आस्लम आलम छन् भने अन्य तीन जनाको नाम सार्वजनिक नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको टोलीेले बिआर २८ जि २७७० नम्बरको बोलेरो गाडी जाँच गर्दा गाडीको विभिन्न भागमा फल्स बटम बनाई लुकाई राखेको गाँजा फेला पारेको थियो ।
पक्राउ परेका चारै जनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।