काठमाडौँ, साउन १३ । प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाकी महिला नेतृ पक्राउ परेकी छिन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ गरिएको हो ।
पुर्वसभासद् समेत रहेकी उपाध्याय बन्द आह्वानको पुर्वसन्ध्यामा पक्राउ परेकी हुन् । प्रतिवन्धपछि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । यसअघि पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ परेका थिए ।
माइला लामा पक्राउ परेपछि विरोधस्वरुप नेकपाले भोली साउन १५ गते नेपाल बन्दको आह्वान गरेको छ । विप्लव माओवादीले बन्द आह्वान गरेपछि राजधानी लगायत अन्य क्षेत्रहरुमा सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ भने शंकास्पद ब्यक्तिहरुलाई नियन्त्रण लिनको लागि सादा पोसाकमा समेत प्रहरी अधिकारीहरु खटाइएको छ ।