सिपाही बाट हवलदारमा बढुवा भएका धादिङका पाँच प्रहरी अधिकारीलाई दर्ज्यानी प्रदान

दियो पोस्ट  

काठमाडौँ, साउन १४ । जिल्ला प्रहरी कार्यलय धादिङले प्रहरी जवानबाट हवलदारमा बढुवा भएका पाँच प्रहरी अधिकारीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्का, प्रहरी निरिक्षक भोलामान सिंह अधिकारी र प्रहरी निरिक्षक हेमराज घिमिरेले बढुवा तथा पदस्थापन भएका पाँच प्रहरी हवलदारलाई दज्र्यानी चिन्ह प्रदान गरेको हो ।

प्रहरी हवलदारमा बढुवा तथा पदस्थापना भएका पाँच अधिकारीहरुमा सुमेश महतो कोइरी, दिपक आले, उमेश पण्डित, रामचेला प्रसाद यादव र तेजबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।