सुडान काण्डका भ्रष्ट पूर्वआइजी राणाको चाकडीमा बाराका डिएसपी गोविन्द पुरी, पीडितलाई थुनेर यातना !

दियोपोस्ट संवाददाता

काठमाडौं, १५ साउन । ‘सयौ दोषी छुटुन् तर एकजना पनि निर्दोष नपरुन्’ भनेर अधिकांश न्याय र प्रहरी सेवामा कार्यरत कर्मचारीले कसम खाएका हुन्छन् ।


तर सुडान घोटालाका मूख्य अभियुक्तका रुपमा २०७४ साल वैशाख १७ गते सर्वोच्च अदालतबाट ‘भ्रष्टाचारी ठहर भएका पूर्व आइजिपी ओम विक्रम राणाले एक महिलामाथि चरम अन्याय गरेको पाइएको छ ।


द्रव्य कृष्ण कृषि तथा पशु विकास फर्म चलाएर बसेकी वीरगंज महानगरपालिका वडा भएकी रेजिना आचार्यलाई १० वर्षको करारनामा दुई वर्षमै तोडिदिएर रुवाबासी बनाइदिएका छन् ।


करारको कागजकै आधारमा ऋण धन गरेर करोडौं लगानी गरिएको कृषिफर्म अहिले संकटमा परेको छ । राणाले अदालतको आदेशलाई समेत अवज्ञा गर्दै आएका छन् । भरखरै भ्रष्टाचार काण्डको जेल अवधि भुक्तान गरेर घर फर्किने बित्तिकै उनले यो बितण्डा मच्चाएका हुन् ।


प्रति महिना एक लाख भाडा दिने गरी १० वर्षका लागि २०७४ साल माघ २५ गते जग्गा धनी राणासँग सम्झौता गरिएको थियो । बारा जिल्लाको सिमरा उपमहानगरपालिकामा रहेको १५ विघा जमिनमा कृषि तथा पशुफर्म सञ्चालन गर्दै आएकी आचार्यका फर्ममा आएर धम्काउने र हुल इज्जत गर्ने काम गरेपछि उनी बाध्य भएर न्यायको ढोका ढक्ढकाउन गइन् । अदालतले पीडित आचार्यलाई स्टे अर्डर गरिदिएको छ । साथै अदालतले १७ बुँदे करारको पालना गर्नुपर्ने अन्तरिम आदेश पनि दिएको छ ।


अहिले भ्रष्टाचारी राणाकी श्रीमती बिद्या शाह, छोरीहरु स्वस्तिका, स्वरुपा, रितिका र स्विकृति विदेशमै छन् । तथापि उनले आफ्ना घर जग्गा हेरचाह गर्ने गोपाल शाह ठकुरी मार्फत यस्तो अन्याय गरेका हुन् । उनले एकतर्फी रुपमा करार सम्झौता भंग गरेको र सबै हटाइदिने धम्की दिने गरेका छन् । गुण्डागर्दी शैलीमा पशुफर्मका कामदारहरुलाई धम्काउने राणाले पटक पटक प्रधानन्याधीश चोलेन्द्र शम्शेर राणाको ‘म खास मान्छे हुँ कुनैपनि अदालतले मलाई केहि गर्न सक्तैन, सबै मेरै मुट्ठीमा राखेको छु’ भन्ने गरेको फर्मका कामदार बताए । भ्रष्टाचारी पूर्व आइजिपी राणाले प्रधानन्यायाधीश राणाको नाम दुरुपयोग गरिहेपनि कर्तैबाट प्रतिक्रिया चाहिँ व्यक्त भएको छैन ।


सिमराका डिएसपी भ्रष्ट पूर्व हाकिमको चाकडीमा !


कृषि तथा पशु फर्म सञ्चालन गर्दै आएकी सिमराकी रेजिना आचार्यको वारेस भएर काम गरेका प्रेम बहादुर महतलाई उल्टै प्रहरीको शक्ति दुरुपयोग गर्न लगाएर भ्रष्टाचारी राणाले असार ३० गते थुनेको खुलाशा भएको छ । उनकै निर्देशनमा सिमरा प्रहरीका डिएसपी गोविन्द पुरीले अदालतको आदेश अवज्ञा गरेका हुन् ।


अदालतको आदेशलाई फोटोकपी गरेर पेश गर्ने क्रममा ‘सरकारी दस्तखत कृर्ते मुद्दामा महतलाई थुनामा राखियो । साउन ७ गते नवौँ दिनमा मात्रै अदालतको आदेशमा राणाले आदेश गरेर थुन्न लगाएका महतको रिहाई भएको छ । करार भंग गर्ने र अदालतको आदेश नै अवज्ञा गर्ने राणाकै पक्षमा डिएसपी पुरी लागेपछि उनको समेत आलोचना हुन थालेको छ ।


तत्कालिन महानिरिक्षक राणाले शक्तिको दुरुपयोग गरेकाले सिंगो प्रहरी परिवारको बदनाम गराएको अवस्थामा पनि प्रहरी प्रधान कार्यालय भने मौन रहेको छ । राणाले एकातर्फी रुपमा करार सम्झौंदा रद्ध गरेपछि अदालतले दिएको आदेश कार्यन्वयन गर्नुपर्नेमा झनै कुर्लदै हिडेका छन् ।


अदालतको आदेश पालना नगर्दा के हुन्छ ?


नेपालको संविधान २०७२को धारा १२८ को उपधारा ४ मा भनिएको छ “अदालतको न्याय सम्पादनको कार्यमा अदालतले दिएको आदेश अवरोध गरेमा कानून बमोजिम अदालतमा अवहेलनाको कारबाही चलाउन सकिने व्यवस्था छ ।”


को हुन् ओम विक्रम राणा ?


कामनपा वडा नम्बर १७ मा बस्ने ओम विक्रम राणा कृष्ण विक्रम राणाका छोरा हुन् । प्रहरीको इतिहासमै कालो धब्बाका रुपमा चर्चित संयुक्त राष्ट्रसंघको सुडान मिसनका लागि नेपाल प्रहरीका निमित्त खरिद गरिएको एपीसीमा गरिएको घोटला नेपालकै इतिहासमा ठूलो भ्रष्टाचार मध्येको एक हो । अख्तियारका तत्कालिन कार्यवहाक प्रमुख तथा सचिव भगवती कुमार काफ्लेले उनी लगायत सप्लायर कम्पनीका मालिक र ३४जना प्रहरी अधिकृतहरुलाई एकै साथ मुद्दा दायर गरिएको थियो । बहालवला आइजिपी रमेश चन्द ठकुरी लगायत दुई जना पूर्व आइजिपी हेम गुरुङ र ओम विक्रम राणा पनि यहि प्रकरणमा संलग्न भई दोषी साबित भए ।


तत्कालिन गृहमन्त्री कृष्ण प्रसाद सिटौला र गृहसचिव उमेश मैनालीले वरिष्ठ, योग्य र इमान्दार प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहलाई महानिरीक्षक नबनाई जुनियर व्यक्तिलाई रोलक्रम मिचेर बनाएका कारण जे गरेपनि छुट हुने दम्ब राणालाई थियो । उनी प्रहरीमा रोलक्रम मिचेरै आइजिपी बनेका थिए ।


सुडान काण्डको एपीसी खरिदमा भएको भ्रष्टाचारका विषयमा २०७४ साल वैशाख १७ गते आइतबार प्रधानन्यायधीस सुशीला कार्की र न्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठको इजालासले राणालगायत हेम गुरुङ, रमेश चन्द ठकुरी, तत्कालीन एआइजी दिपक सिंह थाङ्देनलगायतका प्रहरी अधिकृतहरु दोषी ठहर गरेको थियो ।


सुडानमा खटिने प्रहरीको मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदका क्रममा भएको भ्रष्टाचार प्रकरणको छानबिनपछि अख्तियारले कुल २८ करोड ८१ लाख रुपैयाँ मागदाबी गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त भ्रष्टाचार मुद्दामा २०६८ जेठ २४ मा प्रहरीका पूर्व महानिरीक्षकसहित बहालवला महानिरीक्षकसहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्युर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारतीविरुद्ध मुद्दा दायर गरेको थियो । त्यो समयसम्मको सबै भन्दा ठूलो भ्रष्टाचार काण्ड नै सुडान घोटला काण्ड थियो ।


उक्त समयमा विशेष अदालतले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको फैसला गरेको थियो । विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको फैसलाले ठेकेदार, उनका प्रतिनिधि र तीन पूर्वप्रहरी प्रमुखबाट १ अर्ब १४ करोड रुपैयाँ असुल्नुपर्ने ठहर गरेका थिए । तत्कालिन अध्यक्ष कार्की न्याय तथा कानूनका क्षेत्रमा निष्कलंक, इमान्दार र योग्य न्यायाधीश मानिन्छन् । उनकै कारण विशेष अदालतले अख्तियारले दायर गरेका अधिकांश भ्रष्टाचारका मुद्दामा सफलता प्राप्त गरेको थियो ।

विशेष अदालतले कम्पनीका डाइरेक्टर माइकल राइडरलाई दुई वर्ष कैद र ५६ करोड ८० लाख जरिवाना, ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गर्नुका साथै पूर्वप्रहरी प्रमुखहरू ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो । तीन जना पूर्वप्रहरी प्रमुखहरूमाथि दुई ÷दुई वर्ष कैद सजायको फैसला पनि भएको थियो । गुरुङ र राणा कैद भुक्तान गरेर आएपनि अर्का भ्रष्टाचारी रमेश चन्द ठकुरी भने लामो समय भारतमा लुकेर बसेका थिए । उनी केहि दिन अघि मात्रै अदालतमा आत्मसमर्पण गरेका छन् ।


उनले प्रहरीका सबै युनिटमा पुस्तकलाई जबर्जस्ती बेचेर ३५ लाख रुपैया कमाएको सगौरब बताएको उनकै ब्याजी एक जना आचार्य थरका पूर्वडीआइजीले बताए । राणा भ्रष्टाचारी घोषित भएर बस्दा समेत समाजमा बितण्डा मच्चाउने काम नछाडेपछि सिमरामा अहिले सबैमा चिन्ता र चासोको विषय बनेको छ ।

पडेट
यसैबीच दियोपोस्टको सम्पर्कमा आएका ईलाका प्रहरी कार्यालय बाराका डिएसपी गोविन्द पुरीले घटनाबारे अर्को विरण दिए ।
‘उहाँलाई जिल्ला अदालत बाराले एउटा आदेश गरेको रहेछ । उक्त आदेशको फोटोकपीमा तलको र माथिको मेटाइदिएर इलाका प्रशासन कार्यालय बारा र वडा नम्बर ३ कार्यालयमा आदेश कार्यान्वयन गराइपाउँ भनेर दिनु भएको रहेछ,’ घटना विवरण सुनाउँदै डिएसपी पुरीले भने,‘२० गते सम्म भन्नेलाई मेटाएर विनु भट्टराई भन्ने एक जना म्यामलाई यो कार्यान्वयन गर्न भन भनेर निवेदन दिनु भएको रहेछ ।’
उनका अनुसार उनले आफ्नो कार्यालयमा पनि पत्र आएपछि उक्त पत्रबारे जिल्ला अदालतबाट भएको आदेशको सक्कल कपि माग गरिएको थियो ।
‘अदालतबाट प्रमाणित गरेको प्रतिलिपि आउँदा त्यो उहाँहरुले गरेको फोटोकपीसँग मेल खाएन । जसले यो पत्र बुझाउनु भएको हो उहाँलाई बोलाएर कागज गरेका हौँ,’ उनले भने,‘हामीले प्रेम महत भन्ने व्यक्तिलाई पक्राउ गर्यौँ । र किर्तेमा मुद्दा चलाएका हौँ । उहाँलाई २ हजार धरौटीमा छोड्यौँ ।’
त्यस्तै उनले आफूले कहिल्यै ओम राणाको घरमा भात पकाउने काम नगरेको बताए ।
‘मेरो घर पर्वत जिल्ला हो । उहाँ पूर्व आइजिपी ओम राणा मुद्दा परेपछि मलाई अफ्ट्यारो पर्यो भनेर आउनु भएको थियो । मैले उताबाट आएको छ त्यही अनुसार कानुनी प्रक्रियामा लैजान्छौँ भनेको थिएँ,’ पुरीले भने,‘उहाँ आउँदा कुरा गर्ने स्वभाविक भयो । त्यतिबेला नै प्रत्यक्ष भेटघाट भएको हो ।
उनले यससम्बन्धमा ओर्जिनल कागजात समेत पठाएका छन् ।

अपडेट
यसैबीच दियोपोस्टको सम्पर्कमा आएका ईलाका प्रहरी कार्यालय बाराका डिएसपी गोविन्द पुरीले घटनाबारे अर्को विरण दिए ।


‘उहाँलाई जिल्ला अदालत बाराले एउटा आदेश गरेको रहेछ । उक्त आदेशको फोटोकपीमा तलको र माथिको मेटाइदिएर इलाका प्रशासन कार्यालय बारा र वडा नम्बर ३ कार्यालयमा आदेश कार्यान्वयन गराइपाउँ भनेर दिनु भएको रहेछ,’ घटना विवरण सुनाउँदै डिएसपी पुरीले भने,‘२० गते सम्म भन्नेलाई मेटाएर विनु भट्टराई भन्ने एक जना म्यामलाई यो कार्यान्वयन गर्न भन भनेर निवेदन दिनु भएको रहेछ ।’


उनका अनुसार उनले आफ्नो कार्यालयमा पनि पत्र आएपछि उक्त पत्रबारे जिल्ला अदालतबाट भएको आदेशको सक्कल कपि माग गरिएको थियो ।


‘अदालतबाट प्रमाणित गरेको प्रतिलिपि आउँदा त्यो उहाँहरुले गरेको फोटोकपीसँग मेल खाएन । जसले यो पत्र बुझाउनु भएको हो उहाँलाई बोलाएर कागज गरेका हौँ,’ उनले भने,‘हामीले प्रेम महत भन्ने व्यक्तिलाई पक्राउ गर्यौँ । र किर्तेमा मुद्दा चलाएका हौँ । उहाँलाई २ हजार धरौटीमा छोड्यौँ ।’
त्यस्तै उनले आफूले कहिल्यै ओम राणाको घरमा भात पकाउने काम नगरेको बताए ।


‘मेरो घर पर्वत जिल्ला हो । उहाँ पूर्व आइजिपी ओम राणा मुद्दा परेपछि मलाई अफ्ट्यारो पर्यो भनेर आउनु भएको थियो । मैले उताबाट आएको छ त्यही अनुसार कानुनी प्रक्रियामा लैजान्छौँ भनेको थिएँ,’ पुरीले भने,‘उहाँ आउँदा कुरा गर्ने स्वभाविक भयो । त्यतिबेला नै प्रत्यक्ष भेटघाट भएको हो ।
उनले यससम्बन्धमा ओर्जिनल कागजात समेत पठाएका छन् ।