काठमाडौँ, साउन १५ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले नवनियुक्त संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई वधाई दिएका छन् ।
वधाई दिँदै नेता थापाले मन्त्रीको रुपमा योगेश भट्टराईको सफलता नेकपासंग मात्र नभई युवा पुस्ताको राजनीतिकर्मीहरु प्रतिको आशा विश्वास संग समेत जोडिएको बताएका छन् ।
पर्यटन मन्त्रीमा योगेश भट्टाई नियुक्त भएपछि नेता थापाले सामाजिक संजालमार्फत बधाइ दिएका हुन् । उनले योगेश भट्टराईलाई सम्बोधन गर्दै लेखेका छन् ,‘ दाइ संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टी संग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वास संग जोडिएको छ। मुरी मुरी शुभकामना ।