
मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिउँसोँ बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
निर्णय गर्नुअघि प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिसँग परामर्श गरेका थिए।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।