कोरोनाले त्रिवि शिक्षण अस्पतालमा ४५ दिनका शिशुको मृत्यु , मृतकको संख्या ३१ पुग्यो !

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १८ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कोरोना भाइरसको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ दिनको शिशु रहेका छन् । जन्मजात नै श्वासप्रश्वासको समस्या देखिएको शिशुको बुधबार साँझ निधन भएको अस्पतालले जनाएको छ ।

दुई साता अगाडी अस्पताल भर्ना गरिएको शिशुमा केही दिनअघि मात्र कोरोना परिक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपश्चात शिशुको निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

शिशुमा कोरोना पोजेटिभ पाइएपछि अस्पतालले शिशुको आमा, बुबा र फुपुको नमुना संकलन गरि परिक्षणको लागि पठाएको छ । यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

सम्बन्धित खबर

सिफारिस