
काठमाडौँ, असार १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । बालुवाटारमा प्रधानमन्त्री ओलीसँग वान टु वान छलफलपछि प्रचण्ड राष्ट्रपति सँग परामर्श गर्न शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेसँगै असन्तुष्ट बनेका प्रचण्डले यस विषयमा कुरा गर्ने बताइएको छ ।
बिहीबार बिहान नै प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका थिए ।