नेकपा स्थायी समिति वैठक २ दिनका लागि स्थगित

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति वैठक स्थगित भएको छ । बिहीबार शुरु भएको वैठक केही समय बस्दै दुई दिनको लागि स्थगित गरेको हो ।

अबको अर्को वैठक शनिबार बिहान ११ बजे बस्ने भएको छ ।

बिहीबार स्थायी समिति वैठक शुरु हुनभन्दा अगाडी प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न पुगेका थिए । लगत्तै पार्टी अध्यक्ष प्रचण्ड पनि शीतलनिवास पुगी राष्ट्रपति भण्डारीसँग छलफल गरि फर्किएका थिए । शीतलनिवास जानुपुर्व प्रचण्डले प्रधानमन्त्री ओलीसँग वान टु वान छलफल गरेका थिए ।

पार्टीभित्र दुई अध्यक्षबिच टकराव उत्पन्न भएपछि दुबै अध्यक्षले आफ्नो पक्षमा रहेका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । पार्टीका अधिकतम नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजिनामा गर्नुपर्ने माग राखेपछि ओली अल्पमतमा परेका हुन् ।

ओलीसँग राजिनामा माग भएपछि कार्यकर्ताहरुले सरकार ढाल्न नपाईने भन्दै माइतीघरमा आन्दोलन समेत गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस