सरकारी वकिल कार्यलयद्धारा बमजनबिरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्धा दायर

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १९ । तपश्वीको भेषमा बसेर आश्रममा बलात्कार, हत्या र हिंसा गरेको आरोप लागेका रामबहादुर बमजनविरूद्ध बलात्कार अभियोग लगाउँदै सर्लाहीको सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

रौतहटकी किशोरीलाई बलात्कार गरेको प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता युवराज शर्माले जानकारी दिए।

रौतहटकी गंगामाया तामाङलाई आश्रममा बस्दा बलात्कार गरेको आरोप बमजनमाथि थियो।

बालबालिकासम्बन्धी ऐनको हदम्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको हो ।

आफू बालिका हुँदा भएको यौनशोषण बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ।

बमजनले सर्लाहीको आश्रममा हुँदा आफूमाथि बलात्कार गरेको भन्दै गंगामायाले माघमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले यो मुद्दामा अनुसन्धान अघि बढाएको थियो।

सम्बन्धित खबर

सिफारिस