एकै दिनमा थप ७४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार २५९ पुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १९ । शुक्रबार देशभर थप ७ सय ४० जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत शुक्रबारसम्म देशभर कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको जानकारी दिएका हुन् ।

त्यस्तै २४ घण्टामा ८ सय २३ जनाले कोरोनाभाइरस जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना जितेर घर फर्कनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

सम्बन्धित खबर

सिफारिस