कोरोनाको कारण काठमाडौँमा एक वृद्धको मृत्यु, मृत्यु हुनेको संख्या ३२ पुग्यो !

दियो पोस्ट  

सांकेतिक तस्वीर

काठमाडौँ, असार १९ । नेपालमा कोरोनको कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । शुक्रबार कोरोनाकै कारण काठमाडौँमा एक वृद्धको मृत्यु भएपछि नेपालमा कोरोनाभाइरसको कारण मृत्यु हुनेको संख्या ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बानेश्वरका ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।