काठमाडाैँ, असार १९ । सरकारले क्यान्सर, मधुमेह र आइसियूमा रहेका बिरामीको कोरोना परीक्षण गर्ने भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा परीक्षणको दायरा फराकिलो बनाइएको भन्दै यस्ता रोगीहरूको कोरोना परीक्षण गरिने जानकारी गराए।
यस्तै अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामीहरूको पनि परीक्षण हुने भएको छ। साथै अस्पतालहरुका स्वास्थ्यकर्मीको पनि परीक्षण गर्ने मन्त्रालयको तयारी छ।
प्रवक्ता गौतमका अनुसार पछिल्ला दिनहरुमा विदेशबाट आई क्वारेण्टिनमा बस्नेहरुको सङ्ख्या घट्दै जाँदा प्रयोगशालामा नमुना परीक्षणको चाप पनि घटेको छ । त्यसैले परीक्षणको दायरा बढाई समुदायमा संक्रमण भएको वा नभएको थाहा पाउन यो निर्णय गरिएको हो।