आफू विरोधी मन्त्री हटाउने प्रधानमन्त्रीको तयारी : बालुवाटारमा बोलाएर कित्ता क्लियर गर्न निर्देशन !

दियोपोस्ट संवाददाता

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विपक्षी गुटमा लाग्ने मन्त्रीलाई हटाउने तयारी थालेका छन् । उनले शनिबार बेलुका बालुवाटार स्थित प्रधानमन्त्री निवासमा बोलाएर कित्ता स्पष्ट पार्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।


‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग भने, ‘यस्तोबेलामा तपाईंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ ।’
प्रधानमन्त्री ओलीको यो भनाईलाई मन्त्रीहरुले धम्कीको रुपमा लिएका छन् ।


प्रधानमन्त्रीको यस्तो भनाईको कृषि मन्त्री घनश्याम भुसाल र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्रतिवाद गरेका थिए ।

भुसालले प्रधानमन्त्रीलाई गलत सुचना प्रवाहा भएको प्रमाण आफूसँग रहेको भन्दै पहिलो विश्व युद्धको कथन सुनाएका थिए । त्यस्तै मन्त्री वर्षमान पुनले भने पार्टी भित्रै संसदीय दल र पार्टी कमिटीमा छलफल गर्नुपर्ने जोड दिएका थिए ।

सम्बन्धित खबर

सिफारिस