बालुवाटारमा प्रचण्ड र ओलीको डेढ घण्टा लामो छलफल सकियो

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक कलह समाधान गर्नका निमित्त दुई अध्यक्षको छलफल सकिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबिच भएको वैठक केहीबेर अघिमात्र सकिएको हो । वैठकमा के सहमती भयो भन्ने कुरा भने खुलाइएको छैन ।

वैठकमा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र नेता शंकर पोखरेल सहभागी थिए भने प्रचण्डको पक्षबाट बर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।

सम्बन्धित खबर

सिफारिस