काठमाडौं, २२ असार । नेपाल रिपब्लिका मिडियाद्वारा सञ्चालिन नागरिक दैनिकले अन्यायपूर्वक पत्रकारहरुलाई जागिरबाट निकालेको पाइएको छ । कोरोना महामारीबीच सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै घरबाटै काम गरेका पत्रकार सुविधा गुरागाइँलाई नागरिक दैनिकले जागिरबाट निकालेको हो ।
रिपब्लिक मिडियाको मानव संशाधन विभागले दिएको अवकाश पत्र सार्वजनिक गर्दै सुविधाले आफुलाई जागिरबाट निकालेको विषय सार्वजनिक गरेका हुन् । ‘कोरोना त्रास र राज्यद्वारा घोषित लकडाउनका बेला तीन महिना भर्चुअल अफिसमा राति एक बजेसम्म खटेर, परिस्थितिका कारण म्यानपावर कम छ भन्ने ठान्दै (आफ्नै अफिस ठान्दै) एक दिन पनि बिदामा नबसी, दिल लगाएर, यत्नपूर्वक काम गरेबापत लोकप्रिय राष्ट्रिय दैनिक नागरिकको मानव संशाधन विभागबाट विशेष टोकन अफ लभ (पुरस्कार) आइपुग्यो, ’खुसी छु म । हाल नेपाली पत्रकारितामा दिल लगाएर काम गर्नेले पाउने उच्च तहको पुरस्कार योभन्दा अर्को देखिएको छैन ।’