पोलिमर नोट छपाईमा भ्रष्टाचार प्रकरणः पुर्व गभर्नरसहित तीन जनालाई सफाई

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार ३० । पोलिमर नोट छपाईमा भएको भ्रष्टाचार प्रकरणमा नेपाल राष्ट्र बैँकका पुर्व गभर्नरसहित तीनै जनाले सफाई पाएका छन् । विशेष अदालतको पुर्ण इजलासले मंगलबार पुर्व गभर्नर तिलकबहादुर रावल, राष्ट्र बैँकका नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौडेल र मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेलाई सफाई दिएको हो ।

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी तथा न्यायधीशहरु बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको पुर्ण इजलासले सो फैसला सुनाएको हो । सरकारले २०७५ पुष ५ गते रावलसहित तीन जनाबिरुद्ध भ्रष्टाचारको आरोपमा २ करोड ७३ लाख बिगोसहित विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

नोट छपाई प्रकरणमा प्रत्यक्ष रुपमा संलग्न भएको नदेखिएको, विश्वसनीय प्रमाणको अभाव भएको तथा शंकाकै आधारमा उनिहरुमाथि मुद्धा चलाइएको कारण तीनैजनालाई सफाई दिइएको फैसलामा उल्लेख छ ।