प्रकाश दाहाल बिना प्रचण्डका चार वर्ष : घरमा असहाय श्रीमतीको पीडा, देशमा प्रतिगमनको कालो बादल !

दियो पोस्ट  

काठमाडौं, १७ असार । चार वर्ष अघि हृदयघातका कारण निधन भएका प्रकाश दाहाल ‘शाकार’को आज जन्मदिन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एकमा पुत्र प्रकाश बुवासँगै जनयुद्धमा होमिएका थिए । युद्धकालमा अधिकांश समय प्रचण्डको सुरक्षामा खटिएका उनी शान्तिपूर्ण राजनीतिमा माओवादी आएपछि पनि प्रचण्डकै सचिवालयमा थिए ।


२०७४ सालको निर्वाचन ताका बुवा प्रचण्ड निर्वाचित चितवनको निर्वाचन क्षेत्रमा प्रकाश उत्तिकै खटिएका थिए । तर, दूर्भाग्य २०७४ साल मंसिर ३ गते उनको निधन भयो । प्रकाशको निधनपछि मानसिक तनावमा रहेकी आमा सिता दाहाल अझै पनि पुर्ण स्वस्थ हुन सकेकी छैनन् । उनलाई देखिएको स्वास्थ्य समस्या निराकरणका लागि प्रचण्डले श्रीमतीलाई अमेरिकादेखि भारतको रामदेवको आश्रमसम्म पुर्याए । तर, सिताको अवस्था झनै नाजुक बन्दै गएको छ ।


प्रचण्ड परिवारमा प्रकाशको देहान्तले दिर्घकालिन असर गरेको छ । प्रचण्डलाई निकै नजिकबाट सहयोग गर्दै आएका उनी नहुँदा प्रचण्डको सचिवालय नै अस्तव्यस्त बनेको छ ।


जन्मदिनको अवसरमा पारी प्रचण्ड पुत्री गंगा दाहालले ४ वर्ष पहिला दिवंगत भएका भाई प्रकाश दाहाललाई शुभकामना ब्यक्त गरेकि छन् ।
प्रकाशको निधनपछि सचिवालयको जिम्मेवारी छोरी गंगाले सम्हाल्दै आएकी छिन् । भाई प्रकाशको जन्मदिनमा उनले फेसबुकबाटै सम्झीएकी छिन् । ‘बाबु आज तिम्रो जन्मदिन । तिम्रो अभाव र पारिवारिक क्षति सधै खड्किरहने छ । तिमी हाम्रो नजरमा त छैनौ हृदयमा सधै रहिरहने छौ बाबु’ भावुक हुँदै गंगाले लेखेकी छिन् ।


प्रकाशको निधनपछि प्रचण्ड परिवारले लाजिम्पाट स्थित निवास नै छाडेको छ । प्रकाशको मृत्यु भएको केहीदिनमै आमा सिता दाहालको इच्छामा प्रचण्ड परिवार ललितपुरको खुमलटारस्थित व्यापारी शारदा अधिकारीको घरमा सरेको थियो ।

‘प्रकाशको निधनपछि प्रचण्डको व्यवस्थापकिय पाटो निकै कमजोर भएको छ । उहाँले छोरी गंगालाई स्वकिय सचिवमा नियुक्त गर्नुभयो । गंगाले पनि राम्रै गर्नुभएको छ । तर, सचिवालयमा प्रकाशका अभाव खड्किने रहेछ,’ प्रचण्ड परिवारसँग निकट रहेका एक नेता भन्छन्,‘छोरा गुमेको प्रश्रव पीडा लिएर पनि प्रचण्ड सडकदेखि सदनसम्म चौतर्फी एक्लै भिडिरहनु भएको छ । हामीलाई यसैमा गर्भ छ ।’

प्रकाश दाहाल वितेपछि प्रचण्डको राजनीतिक जीवनमा पनि विभिन्न उतार चडाव आए ।

आफैसँग अंगालो हालेर कम्युनिस्ट एकताको बासुरी बजाएका तत्कालिन नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले उनलाई धोका थिए । केपी ओलीलाई ५ वर्ष प्रधानमन्त्री बन्नुस् तर पार्टी एकता जोगाउनुस् भनेर प्रचण्डले आफूसँग भएको पुर्व सहमति समेत तोडिदिए । तर, ओलीले स्वयच्छाचारी गतिविधि जारी राखे । समकक्षी नेताहरुलाई नै हेप्न थाले । संसद विघटन गरिदिए । त्यसको विरुद्ध प्रचण्ड एकलो बृहस्पति भएर सडकमा गर्जिए । सडकमा कार्यकर्तासाग लाठी खान तयार भए । संसद पुनस्थापना भयो ।

तर, अदालतले नेकपा नै फुटाइदियो । एकता जोगाउन उनी अदालतसम्म निवेदन लिएर गए । तर, सेटिङमा आएको फैसलामा प्रचण्डको केहीमा लागेन । प्रधान्यायाधीशले नेकपा सम्बन्धी विवादको मुद्दा पुनरावलोकन नगर्ने फैसला सुनाइदिए । अहिले फेरी दोस्रो पटक प्रतिनिधि सभा विघटन भएको छ । संविधानमाथि प्रधानमन्त्रीले गरेको दोस्रो कुको विरुद्ध प्रचण्ड फेरी सतिशाल झैँ उभिएका छन् । उनलाई चिन्ता छ कतै हजारौंको रगतले लत्पतिएको संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता लगायत एजेण्डामाथि प्रतिगमनको कालो बादल लाग्ने त होइन ?

सिफारिस