gf/fo0fu9d'lUng ;8sdf klx/f] e/tk'/, % ;fpg clj/n jif{sf sf/0f gf/fo0fu9d'lUng ;8sv08 cGtu{t OR5fsfdgf ufpFkflnsf^, rf/ lsnf]df v;]sf] klx/f] . k"0f{ ?kdf cj?4 ePsf] ;8ssf] klx/f] kG5fOFb} . t:jL/M s[i0f cfrfo{÷/f;;
काठमाडौं, १८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।
पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ । बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । रासस