हवाई माफियाको चंगुलमा फस्यो नेपाल एयरलाइन्स : ८० अर्बको जहाज हत्याउने खेलमा को–को ?

दियो पोस्ट  

काठमाडौं, २१ असार । नेपालको एक मात्रै राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमलाई स्वदेशी तथा विदेशी माफियाको मिलेमतोमा निजिकरण गर्ने अन्तिम तयार भएको खुलाशा भएको छ ।


प्रधनमन्त्री केपी शर्मा ओलीको काम चलाउ सरकारले हतारमा जनताको करबाट खरिद गरिएको अर्बौंको विमानलाई निजिकरण गर्ने अन्तिम तयारी थालिएको हो ।


बायु सेवा निगमको अध्यक्ष समेत नभएको मौका पारेर हालका सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछानेको अध्यक्षतामा बैठक बसेर अर्बौंको जहाज निजि क्षेत्रलाई सेटिङमा हस्तान्तरण गर्ने प्रपञ्च रचिएको हो ।

गत असार १३ गते हवाई माफियाको चंगलमा परेर बदनियतपूर्ण तरिकाले सरोकारवालालाई समेत थाहा नै नदिई लामिछानेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले निगमलाई कम्पनिमा रुपान्तरण गरि निजिकरण गर्ने विवादास्पद निर्णय गरेको छ ।

कम्पनीको प्रबन्धपत्र र नियमावली सञ्चालक समितिबाट अनुमोदन गराएर अन्तिम निर्णयका लागि पर्यटन मन्त्रालयमा पेश गरिएको छ । प्रबन्धपत्र र नियमावलीका अनुसार ५० अर्बको मूल्यांकन गरेर ४९ प्रतिशत शेयर बेची निजीकरण गर्ने तयारी गरिएको छ ।

निगम सञ्चालक समितिको गत असार १४ गते बसेको बैठकले ३० प्रतिशत विदेशी कम्पनी, १४ प्रतिशत नेपाली हवाई सेवा वा पर्यटन तथा सर्वसाधरण समूह र ५ प्रतिशत निगमका वर्तमान र पूर्वकर्मचारीहरुलाई शेयर बेचेर निजीकरण गर्नेगरी प्रबन्धपत्र पारित गर्ने निर्णय गरेको छ ।


उक्त निर्णयको विरोधमा निगममा कार्यरत तीन वटै ट्रेड युनियन संघले तालाबन्दी गरेका छन् । राष्ट्रघाती निर्णय भन्दै नेपाल बायु सेवा निगम कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन नेवानी र नेपाल वायु सेवा निगम कर्मचारी संघले हिजो असार २० गतेदेखि तालाबन्दी गरेका हुन् ।

झण्डै ८० अर्बको सम्पत्ती भएको निगमको अधिकृत पुँजी ५० अर्ब मात्रै राखिएको छ । निगमसँग जहाज मात्रै ५० अर्ब मूल्यबराबरमा छन् भने काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा ५० अर्बभन्दा बढीको सम्पत्ती रहेको छ । सरकारी सम्पत्तिलाई निजि क्षेत्रलाई बुझाउने षडयन्त्रणमा समलग्न निगमका महाप्रबन्धक डिम प्रकाश पौड्याल बाहिर विरोध गरेको जस्तो नाटकीय रुप देखाइरहेका छन् । उनी कार्यालय समेत नआएर भागि हिँडेको निगम निकट स्रोतले बतायो ।

निजिकरण गर्ने षडयन्त्रकारी समिति नै गठन गरिएको थियो । जसमा संचालक समितिका सदस्यहरु ईश्वरी पौडेल, फुर गेल्जे शेर्पा र किशोरकुमार प्रधानको संयोजकत्वमा समिति गठन गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा पराजित प्रधान बालुवाटारमै गएर नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स हत्याउनकै लागि प्रधानमन्त्रीले पार्टीमा भित्र्याएका थिए ।

सिफारिस