शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ

दियो पोस्ट  

काठमाडौं, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए।

त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए।

उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।

शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।