काठमाडौंबाट सञ्चालित एउटा अनलाइनको चितवनमै १४ जना कर्मचारी !

diyopost.com
दियो पोस्ट  बिहिबार, साउन १४, २०७८ | १३:५९:४४

काठमाडौं, १४ साउन । कठमाडौंमा सञ्चालित एउटा मिडियाले मोफसलमा जिल्ला संवाददाताहरु कति खटाउने गरेको होला ?
बढीमा दुई वा एक । तर काठमाडौंमा सञ्चालित एक अनलाइनले चितवनको भरतपुर नगरपालिकामा १४ जनाभन्दा बढी सञ्चारकर्मी खटाएको पाइएको छ । काठमाडौंस्थित मिनभवनमा कार्यालय रहेको एक अनलाइनले चितवनमा १४ जना रिपोर्टर खटाएको पाइएको हो ।


उक्त अनलाइनले आफ्ना कर्मचारीलाई फन्टलाइनमा खटिएर काम गर्नुपर्ने भएकाले कोभिड १९ को खोप उपलब्ध गराइदिन भन्दै भरतपुर महानगरपालिकालाई लेखेको निवेदन भेटिएको छ । उक्त अनलाइनका सिइओ बताउने गणेश निरौलाद्वारा हस्ताक्षेरित उक्त सिफारिस पत्रमा १४ जना पत्रकार तथा कर्मचारीको नाम छ ।


गत साउन १ गते उक्त मिडियाले नगरपालिकालाई निवेदन दिएपछि खोप सहजीकरण गरिदिएको नगरपालिका स्रोतले बताएको छ ।

अपडेट
नेपाल प्रेसका प्रमुख कार्यकारी अधिकृत सिइओ गणेश निरौलाका अनुसार नेपाल प्रेसले चितवनमा स्टुडियो निर्माण गर्दैछ । नेपाल प्रेसका लागि चितवनमा १४ जना होइन २७ जना कर्मचारी तथा कामदार सक्रिय छन् । उनीहरु सबैलाई भरतपुर महानगरपालिकाले खोप दिन अस्विकार गरेको छ ।

‘जम्मा २ जनाले मात्रै खोप पाएको छ । बाँकी सबैले खोप नपाएका कारण हाम्रो स्टुडियो निर्माणको काम नै रोकिएको छ,’ निरौलाले दियोपोस्टसँग भने,‘हामी चितवनमा भव्य स्टुडियो निर्माण गर्दैछौँ ।’ निरौलाका अनुसार खोप मागिएको १४ जना सबै पत्रकार तथा सञ्चारकर्मी होइनन् । ती मध्ये अधिकांश स्टुडियो निर्माणमा समलग्न कर्मचारी तथा कामदार हुन् ।

सम्बन्धित खबर