एनआरएन अष्ट्रेलिया एनएसडब्लुको प्रदेश सहसचिवमा राकेश जोशीको उम्मेदवारी

दियो पोस्ट  

काठमाडौं, १५ साउन । गैरआवाशिय नेपाली संघ एनआरएनए अष्ट्रेलिया एनएसडब्लुको प्रदेश सहसचिवमा राकेश जोशीले उम्मेदवारी दिएका छन् । शनिबार ३१ जुलाईमा एनआरएनए डिजिटल माध्यमबाटै निर्वाचन हुँदैछ ।

बिभिन्न सामाजिक काममा संलग्न जोशी २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन् । उनले नेपालमा आएको विनाशकारी भूकम्प र नेपालमा जारी कोरोना महामारीमा नेपाली समुदायलाई महत्वपूर्ण सहयोग गर्दै आएका छन् । नेपालमा पछिल्लो समय शुरु भएको बाढी पहिरो पीडितलाई समेत उनले सहयोग गर्दै आएका छन् । अष्ट्रेलियामा समस्यामा परेका नेपाली विद्यार्थीलाई पनि उनले सहयोग गर्दै आएका छन् ।


उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यहाँ मानसिक स्वास्थ्य र शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । स्थानिय सांसदसँगको सहकार्यमा उनी नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध बलियो बनाउन सक्रिय छन् ।

युवा उद्यमशीलता, अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुबैैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने, अस्ट्रेलियामा मुख्यतः नेपाली समुदायमा केन्द्रित, अस्ट्रेलियामा नेपालीहरूलाई उनीहरूको ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पु¥याउन राम्रो मार्गदर्शनप्रदान गर्ने,दोस्रो पुस्ताका नेपाली अस्ट्रेलियालाई नेपाल र नेपाली संस्कृतिहरूकोसाथ सामाजिक घटनाहरू आयोजना गरेर कनेक्ट गराउने, अष्ट्रेलियामा योगदान प्रदर्शन गर्न सामाजिक संगठनको साथ काम गर्ने, यी सामाजिक, संगठनात्मक र सामुदायिक प्रतिबद्धताहरू जोशीले आफ्नो कार्यकालको अवधिमा पूरा हुने जनाएका छन् ।​​​


‘साझा एनएनआरएनए वास्तवमै हामी सबैको साझा अभियान हो र सबल एनआरएनएको प्रमूख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदायका सबैलाई अपनत्व प्रदान गर्ने हो,’ उनले भने,‘यसका लागि हामी सबै मिलेर काम गर्न प्रतिबद्द छौं ।

एनआरएनए अभियानमा रहेर समुदायको सेवागर्ने मेरो उत्कर्ष चाहनालाई साकार पार्न हजूरहरू सबैको सल्लाह, सद्भाव र अमूल्य मतको अपेक्षा गरेको छु ।’