बालबालिकाका लागि करिब २४ लाख खोप काठमाडौं आइपुग्यो

दियो पोस्ट  

काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना भइरसविरुद्धको खोप नेपाल आइपुगेका छ । कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए ।

यो खोप हाल अभियान जारी रहेको देशका २७ जिल्लामा पठाइने छ । खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई समेत यो खोप दिइनेछ ।

यो खोप माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । सरकारले आफ्नो क्षमता अनुसार क्रमशः खोप मगाउने जाने उनले बताए । यसअघि सरकारले ६ असारमा पनि २२ लाख मात्रा खोप प्राप्त गरेको थियो । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

ट्रेन्डिङ