भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

दियो पोस्ट  

काठमाडौं । भारतीय आयल कर्पाेरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल÷मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको नेपाल आयाल निगमले जानकारी दिएको छ ।

अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले मूल्य घटाएको थियो । तर मूल्य घटेर आउँदासमेत यता आन्तरिक बजारमा मूल्य समायोजन नगरेको निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा डिजेल मट्टितेलमा समान २१ रुपैयाँ ९२ पैसा घाटामा नै रहेको जनाएको थियो ।

पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तरको गिरावटपछि दोस्रो पटक इन्धनको मूल्य घटेर आएको हो ।