ज्ञवालीको प्रश्न– निर्वाचन घोषणापछि कामचलाउ सरकारले संसदलाई बिजनेस दिन मिल्छ ?

दियो पोस्ट  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस मिल्छ भन्दै प्रश्न गरेको छ ।
नेकपा एमालेका उपमहासचिव समेत रहेका सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन मिल्छ भन्दै प्रश्न गरेका हुन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा कामचलाउ सरकारले नियमित सरकारले जस्तो संसदलाई बिजनेस दिने विषय अनुचित भएको तर्क गरे।

‘निर्वाचनको घोषणापछि कामचलाउ बनेको सरकारले संसदलाई बिजनेस दिन मिल्छ ?,’ उनले भने, ‘कामचलाउ बनेको सरकारले संसदलाई बिजनेस दिने र त्यो बिजनेस नयाँ विधेयक दिने अनि यहाँ उठेका प्रश्नहरूको जवाफ दिने र छलफल गर्न मिल्छ?’