काठमाडौं । कतार प्रहरीको नाममा युवाबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले अल ताक्वेत म्यानपावरमा छापा मारेको छ । यसअघि कतार सरकारले रद्द गरिसकेको डेमान्ड फेरी एक पत्रिकामा छपाएर कतार प्रहरीमा जागिर लगाइदिन्छु भन्दै प्रति व्यक्ति १५ लाख रुपैयाँसम्म उठाएको विषयमा दियोपोस्ट डटकमले खबर लेखेको थियो ।
खबर प्रकाशित भएपछि विभागले आजै छापा मारेको हो । विभागका निमित्त महानिर्देशक कृष्ण प्रसाद भुषालले आज छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो ।
उक्त कम्पनिका मालिक मनिराम श्रेष्ठ हुन् । उनलाई हालसम्म पक्राउ गरिएको छैन ।
कतार प्रहरीको नाममा फेरी ठगीधन्दा शुरु : प्रति व्यक्ति १५ लाखसम्म असुली !