कमजोरहरु पाँचदलीय नपुगेर आठ/दश दलको गठबन्धन बनाउने कसरतमा छन्ः ओली

दियो पोस्ट  

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमजेरहरुले गठबन्धन गर्ने टिप्पणी गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरू एमालेसँग एक्ला–एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मत नराख्ने भएकाले पाँचले नपुगेर आठ/दश दलीय गठबन्धन बनाउन लागेको उनको टिप्पणी छ ।

तीन दिनका लागि आज शुक्रबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले कचनकवल गाउँपालिकास्थित बनियानीमा यस्तो बताएका हुन्।

‘कमजोरहरु गठबन्धन गर्दैछन्। एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरु साँठगाँठ गर्दैछन्। अपवित्र साँठगाँठको नाम हो–गठबन्धन। अहिले गठबन्धनमा ८–१० वटा पुर्‍याउने भन्दैछन्’, अध्यक्ष ओलीले भने, ‘अरु पनि मान्छे खोजे हुन्छ। त्यो गठबन्धनमा कति वटा पार्टी पुगे हामीलाई मतलब छैन। उनीहरूको गठबन्धनमा सामेल हुने कतिपय पार्टीहरुसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे छैनन्।’