
हेटौडा । पाँच वर्षीया नाबालिगलाई बलात्कार गरी ढुङ्गाले किचेर हत्या गरेको आरोपमा फरार रहेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–११ सिमलटार बस्ने ४५ वर्षीय सोम बहादुर राई रहेका छन् । मकवानपुर प्रहरी उनलाई २० वर्ष पछि पक्राउ गर्न सफल भएको हो ।
राईले विसं २०६० असोज १८ गते हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा बलात्कार गरी ढुङ्गाले किचेर हत्या गरेका भोलिपल्ट नाबालिग मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले राईलाई ललितपुरको गोदावरी नगरपालिका–१४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।
राईलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।